केन्द्रीय मन्त्री किरेन रिजिजु आइपुगे उत्तर बङ्गाल भ्रमणमा

सिलगढी: केन्द्रीय कानुन तथा न्याय मन्त्री किरेन रिजिजु उत्तर बङ्गाल भ्रमणको लागि आज दिल्लीबाट सोझै विमान मार्फत बाघडुग्रा विमान अड्डामा आइपुगे। यस अवसरमा मन्त्री किरेन रिजिजुलाई बाघडुग्रा विमान अड्डा परिसरमा भाजपा नेता तथा कार्यकर्ताहरूले भव्य रूपमा स्वागत जनाए। यस अवधि मन्त्री रिजिजुले बताए अनुसार तिनको परिभ्रमणको मुख्य उद्देश्य उत्तर बङ्गालमा सेवा पुऱ्याउनु साथै समर्थन यात्रामा सामेल हुनु रहेको छ। तिनीसित जलपाइगढीका सांसद जयन्त राय पनि उपस्थित थिए। रिजिजुले पत्रकारहरूसितको कुराकानीमा आफु उत्तर बङ्गालमा सेवा पुऱ्याउन साथै समर्थन यात्रामा सामेल हुनु आएको बताए। भ्रमण अवधि उत्तर बङ्गालको सबै समस्याहरू सुनेपछि पार्टीका नेताहरू अनि कार्यकर्ताहरूसित चर्चा गर्ने तिनले बताए। तथापि तिनले उत्तर बंगालको वर्तमान राजनीतिक परिस्थिति बारेमा केही बोल्न चाहेनन्। यसपछि बाघडुग्राबाट तिनी वाहनमा सवार भएर सोझै जलपाइगढी प्रस्थान गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *