केन्द्रीय मन्त्री निशीथ प्रमाणिकलाई सिलगढीमा युवा तृणमूल कङ्ग्रेसले देखायो कालो झन्डा

सिलगढी: केन्द्रीय राज्य मन्त्री निशीथ प्रमाणिकलाई आज सिलगढीको मल्लागढीमा एक नम्बर टाउन युवा तृणमूल कङ्ग्रेसको तर्फबाट कालो झन्डा देखाइयो। यसको साथै तिनीहरूले ‘गो ब्याक’ भन्दै नाराबाजी पनि गरे। अर्कोतिर, तृणमूल कङ्ग्रेसको यस विरोध प्रदर्शनलाई ध्यानमा राखेर मल्लागढीमा धेरै संख्यामा पुलिस तैनाथ गरिएको थियो। यस विषयमा एक नम्बर टाउन ब्लकका युवा तृणमूल अध्यक्ष गोपाल साहले भने, केन्द्रीय मन्त्री निशित प्रमाणिकले उत्तर बंगाललाई विभाजन गर्ने कुरा गरिरहेका छन्। बंगाल विभाजनके कुरा गरेर तिनले मानिसहरूलाई भड़काइरहेका छन्। यसैले तिनको यसबयानको विरोधमा आज एक नम्बर टाउन युवा तृणमूल कङ्ग्रेसको तर्फबाट मन्त्रीलाई कालो झन्डा देखाइएको हो। स्मरण रहोस, केन्द्रीय राज्य मन्त्री निशीथ प्रमाणिकलाई मल्लागढीस्थित एउटा होटलबाट बाहिर निक्लिँदाको समय कालो झन्डा देखाउनको साथै नारा लगाइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *