केन्द्रीय परियोजना अन्तर्गत हाउसिंग फर अल-बारे 22 फरवरी जागरूकता शिविर

सिलगढ़ी: सिलगढ़ी नगर निगमले केन्द्रीय परियोजनालाई सफल पार्नको लागि यसबारे जागरूकता फैलाउने पहल शुरू गरेको छ। सिलगढ़ी नगर निगमको तर्फबाट आगामी 22 फरवरीको दिन यहाँको   इण्डोर स्टेडियममा हाउसिंग फर अल नामक एउटा जारूगकता शिविरको आयोजन गरिने भएको छ।  नगर अधिकारीहरूको उपस्थितिमा सम्पन्न हुने उक्त शिविरमा यस परियोजना अन्तर्गत केन्द्रको परियोजनाबारे मानिसहरूलाई जानकारी गराइने छ। आज पत्रकार सम्मेलनको आयोजना गरेर नगर निगमका मेयर परिषद शरदिन्दू चक्रवर्तीले यसबारे जानकारी दिएका छन्। यस अवसरमा तिनले बताए हाल सिलीगढ़ीमा यस परियोजनामार्फत लगभग 11 सय पचास वटा  घर निर्माण गरिँदैछ। यी मध्ये लगभग 650 वटा घरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। तर यस परियोजनामा संलग्न रहेका मानिसहरूले विभिन्न समस्याको सामना गर्न परिरहेका छन्। धेरैपल्ट यस परियोजनालाई लिएर मानिसहरू ठगको शिकार बन्न पुगेको गुनासो प्राप्त भएकोले गर्दा नै यसबारे मानिसहरूलाई सटीक जानकारी गराउनको लागि यस शिविरको आयोजना गरिएको बताइएको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *