केन्द्रिय पर्यटन मन्त्री प्रहलाद सिंह पटेल कुचबिहार परिभ्रमणमा

कुचबिहार : केन्द्रिय संस्कृति तथा पर्यटन मन्त्री प्रहलाद सिंह पटेल कुचबिहार परिभ्रमणमा छन्। तिनले आज बिहान सबैभन्दा पहिला कुचबिहारको पारम्परिक बाणेश्वर शिव मन्दिरमा गएर पुजा अर्चना गरे। यस अवसरमा तिनीसित कुचबिहारका सांसद निशीथ प्रमाणिक, जिल्ला भाजपा अध्यक्ष मालती राभा राय, कुचबिहार दक्षिण विधानसभा क्षेत्रका विधायक मिहिर गोस्वामी र अन्य भाजपा नेताहरू उपस्थित थिए। मन्दिरमा पुजा अर्चना गरेपछि कुचबिहार जिल्ला भाजपा पार्टी कार्यालयमा एउटा पत्रकार सम्मलेनलाई सम्बोधन गर्दै तिनले राज्य सरकारमाथि कटाक्ष कसे। राज्य सरकारले केवल हिंसाको राजनीति गरिरहेको तर राज्यमा कुनै प्रकारको विकास नगरेको तिनले आरोप लगाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *