केन्द्रीय राज्य मन्त्री जोन बारलाविरुद्ध तूफानगञ्ज अदालतद्वारा पक्राउ गर्ने वारन्ट जारी

कुचबिहार : केन्द्रीय गृह राज्य मन्त्री निशिथ प्रामाणिकपछि तुफानगञ्ज अदालतमा केन्द्रीय अल्पसंख्यक राज्य मन्त्री तथा अलिपुरद्वार लोकसभा क्षेत्रका सांसद जोन बारलाविरुद्ध पक्राउ गर्ने वारन्ट जारी गरेको छ। गत 2019-मा लोकसभा चुनाउ अवधि लोकसभा क्षेत्रका तत्कालीन भाजपा प्रत्याशी जोन बारला र तिनको पार्टीका कार्यकर्ता-समर्थकहरूले चुनाउको नियम लागू भए तापनि बीडीओ कार्यालय परिसरमा पथसभा गरेको जोन बारलाविरुद्ध आरोप रहेको छ।  चुनाउ आचार संहिताको उल्लंघन गरेको आरोपमा चुनाउ आयोगका अधिकारीहरूले बक्सिरहाट पुलिस थानामा तिनीविरुद्ध लिखित अभियोग दर्ता गरेको थियो। जसमा जोन बारला लगायत चारजना विरुद्ध अभियोग थियो भने अन्य तीनजनाले जमानत पाइसकेका थिए। यसैबीच 15 नोभेम्बरमा अदालतले अल्पसंख्यक राज्य मन्त्रीलाई समन पठाए तापनि जोन बारला अथवा तिनको वकील कोर्टमा हाजिर नभएकोले गर्दा तुफानगञ्ज अनुमन्डल सत्र न्यायालयले तिनीविरुद्ध पक्राउ गर्ने वारन्ट जारी गरिदिएको छ। अर्कोतिर, उक्त घटनालाई लिएर हाल राजनीतिक माहौल तातिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwinjojobet güncel girişroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetİmajbetimajbetJojobetPusulabet Jojobetjojobetgrandpashabetjojobetjojobetcasibomholiganbettipobet Built with ❤︎ by appycodes