सिलगढी : केन्द्रीय स्वास्थ्य मन्त्रालयका एउटा प्रतिनिधि मण्डलले आज उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालका अधिकारीहरूसित एउटा बैठक गरे। उक्त बैठकमा सहायक सचिव सन्ध्या काबरा, पल्लब भट्टाचार्य, पार्थ रक्षिता र प्रीति मदन उपस्थित थिए। केन्द्रीय प्रतिनिधि मण्डलले हेपाटाइटिसलाई नियन्त्रित गर्नमा उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालको सक्रिय भूमिकाको सराहना गर्यो। प्रतिनिधि मण्डलका सदस्यहरूले बताएअनुसार आगामी दिनमा उत्तरबंग मेडिकल कलेज एवम् अस्पताललाई एपेक्स हब-को रूपमा बनाउनको लागि पहल गरिनेछ। मेडिकल कलेजमा विभिन्न बिमारीहरूको नमुनको परीक्षण कसरी गरिन्छ भन्ने विषयमा अधिकारीहरूले बैठकमा चर्चा पनि गरे। मेडिकल कलेजका प्रोफेसर अरुनव सरकारले हेपाटाइटिसलाई कसरी निर्मूल पार्न सकिन्छ भन्ने विषयमा पनि बैठकमा चर्चा परिचर्चा गरियो। सुपर स्पेशियलिटी अस्पतालको लागि केही अत्याधुनिक उपकरण पनि छ, जसको उपयोग गरिएको छैन। ती उपकरणहरूको उपयोग चिकित्साको लागि गरियोस् भन्ने विषयमा पनि स्वास्थ्य विभाग समक्ष उजागर गरियो। तथापि, उक्त विषयमा तिनीहरूले सहमति दिएकोले चाँडै नै उपचारको लागि ती उपकरणहरूको प्रयोग गरिने बताइएको छ।