केन्द्रीय ट्रेड युनियनले बोलाइएको दुई दिने बन्दको पहिलो दिन सिलगढीमा परेन प्रभाव

सिलगढी : केन्द्रीय ट्रेड युनियनको तर्फबाट बोलाइएको दुई दिने बन्दको पहिलो दिन आज सिलगढी सहरमा बन्दको त्यत्ति प्रभाव परेको देखिएन। यहाँको केही दोकानपाटहरू बन्द रहे तापनि वाहनहरूको चलाचल यथावत रहेको छ। आज बिहानैदेखि सहरको सडकहरूमा टोटो, अटो तथा बसहरूको चलाचल स्वभाविक देखियो। यसैगरी, सिलगढी लगायत यसको संलग्न क्षेत्रहरूको दोकानपाट, स्कुल, सरकारी कार्यालय सबै नै प्रायःजसो खुल्लै रहेको देखियो। बन्द अवधि कुनै प्रकारको अप्रिय घटना नहोस् भन्ने उद्देश्य लिएर सिलगढी सहरको विभिन्न ठाउँहरूमा पुलिस वाहिनी तैनाथ गरिएको छ। स्मरण रहोस्, केन्द्रीय ट्रेड युनियनको तर्फबाट 28 र 29 मार्चको दिन देशभरिमै बन्दको आहवान गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *