सिलगढी, 26 नोभेम्बर (निसं): केन्द्रीय ट्रेड युनियन फेडेरेसन र केन्द्रीय किसान, खेत मजदुरहरूले 13 सूत्री मागहरूको समर्थनमा सम्पूर्ण देशसँगै यता, सिलगढीमा पनि विरोध रैली निकाले। आज तिनीहरूले केन्द्रीय र राज्य सरकारविरुद्ध विभिन्न आरोप लगाउँदै विरोध रैलीको आयोजना गरे। उक्त रैली सिलगढीको बाघाजतिन पार्कबाट सुरु भएर हिलकार्ट रोड परिक्रमा गर्दै महात्मा गाँधी मोडमा पुगेर समाप्त भयो।
रैलीमार्फत केन्द्र सरकारको श्रम कोड रद्द गर्न, किसानहरूको फसलको लागि लाभकारी मूल्य दिने, खेत मजदुरहरूको मजदुरीमा वृद्धि, दैनिक आवश्यकताका वस्तुहरूको मूल्य वृद्धिमा अंकुश लगाउने, चिया श्रमिकहरूको लागि उचित मजदुरी र आवास लगायत थुप्रै मागहरू राखिएका छन्। रैली पछि तिनीहरूले सिलगढी महकुमा परिषदलाई एउटा ज्ञापन पनि बुझायो।