केन्द्रीय वाहिनीका जवानहरूले गरे अलिपुरद्वारको विभिन्न ठाउँहरूमा रूट मार्च

अलिपुरद्वार : विधानसभा चुनाउभन्दा अघि कुनै प्रकारको हिंसात्मक गतिविधि नहोस् साथै इलाकामा शान्ति शृङ्खला कायम राख्ने उद्देश्य लिएर अलिपुरद्वार जिल्लामा केन्द्रीय वाहिनीका जवानहरू आइपुगेका छन्। केन्द्रीय वाहिनीका जवानहरूले आज बिहान फालाकाटा ब्लकको दलगाउँ ग्राम पञ्चायत अन्तर्गत पर्ने रोड लाइन, बुद्धिमान लाइन, जिरकु लाइन, क्वार्टर लाइन लगायत विभिन्न इलाकामा रूट मार्च गरे। केन्द्रीय वाहिनीद्वारा गरिएको रूट मार्च अवधि जटेश्वर पुलिस आउटपोस्टका अधिकारीहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *