केशव चन्द्र लामाको धार्मिक रीति रिवाजअनुसार अन्तिम संस्कार

टिस्टा भेल्ली : गोरामुमोका केन्द्रीय उपाध्यक्ष तथा दार्जिलिङ गोर्खा पार्वतीय परिषद्का पूर्व उपाध्यक्ष केशव चन्द्र लामाको आज टिस्टा भेल्लीको डीपी साइडमा धार्मिक रीति रिवाजअनुसार अन्तिम संस्कार गरियो। यस अवसरमा गोरामुमो ब्राञ्च अध्यक्ष अजय एड्वर्ड, निरज जिम्बा, खरसाङ ब्राञ्च कमिटीका अध्यक्ष निमा लामा, मिरिक ब्राञ्च कमिटीका प्रतिनिधि वर्ग गोरामुमो कालेबुङ कार्यकारिणी समितिका प्रतिनिधि वर्ग, केन्द्रीय समितिका सदस्यहरू, गोरामुमो भ्रातृ संगठनका सम्पूर्ण प्रतिनिधि एवम् गोरामुमोका कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *