केशवराज पोख्रेलको पक्षमा मानेभञ्ज्याङ बजारमा विराट ऱ्याली

दार्जिलिङ: गोर्खा जनमुक्ति मोर्चा विनयखेमा प्रार्थी केशवराज पोख्रेलको पक्षमा सुकिया मानेभञ्ज्याङ समष्टि अधिनस्थ मानेभञ्ज्याङ बजारमा विराट ऱ्यालीको आयोजना गरियो। सुके मानेभञ्ज्याङ अधिनस्थ मानेभञ्ज्याङको दुईवटा बुथद्वारा आयोजना गरेको ऱ्यालीमा विधानसभा प्रार्थी उम्मेदवार केशवराज पोख्रेल, युवा मोर्चा सभापति अमृत योन्जन लगायत स्थानीय पार्टीका नेतागण तथा पार्टी समर्थकहरुको विशेष उपस्थिति रहेको थियो।


यस अवसरमा पार्टीका नेता उदय देवानले यो पालीको भोट पहाडमा परिवर्तन गर्नेहरुलाई दिनु पर्ने अपिल गर्दै पार्टीले युवा तथा कार्यशील उम्मेदवार पाएको बताए। अर्कोतिर दैनिक रूपमा स्थानीयवासीद्वारा पाएको सहयोगले आफु निक्कै उत्साहित बनेको तथा आफुलाई दिएको विश्वास कदापि नभुल्ने उम्मेदवार केशवराज पोख्रेलले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *