केशवराज पोख्रेलले गरे टकभर समष्टिको विभिन्न क्षेत्रमा चुनाउ प्रचार

बिजनबारी: गोर्खा जनमुक्ति मोर्चा विनय खेमाका उम्मेद्वार केशवराज पोख्रेलले आज सिंहमारी टकभर समष्टिको विभिन्न ठाउँहरूको परिभ्रमण गर्दै चुनाउ प्रचार गरे। आज बिहान दलबलको साथमा निस्केका पोख्रेलले रानीवन, भा टकभर, लाप्चे बस्ती हुँदै लिम्बु बस्ती भएर बेनेगबोनमा पुगेर एउटा चुनावी सभालाई सम्बोधन गरे। प्रार्थी केशवराज पोख्रेलका टोलीलाई ठाँउ ठाउँमा स्थानीय समर्थकहरूले भव्य स्वागत जनाए। उक्त भ्रमण अवधि महकुमा सभापति आलोक कान्तमणि थुलुङ, दिनेश थिङ, युवा मोर्चा सभापति अमृत योन्जन, आप्पा राजेन, समष्टि सभापति निर्मल छेत्री लगायत समष्टि नेतृत्वहरू विशेष रूपमा उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *