केशोराम फुटबल एकाडेमीद्वारा हिमालयन स्पोर्टिङ क्लब दार्जिलिङ पराजित

सिलगढी : हिमालयन स्पोर्टिङ क्लब दार्जिलिङलाई पराजित गरेर केशोराम फुटबल एकाडेमी कोलकाता टोली पन्ध्रौँ सुकना गोल्डकप फुटबल टुर्नामेन्टको अघिल्लो चरणमा प्रवेश गरेको छ। सुकना गेम्स् एन्ड स्पोर्ट्स एसोसिएसनको तत्वावधानमा आयोजित यस प्रतियोगिता अन्तर्गत आज शुक्रवार खेलिएको म्याचमा केशोराम फुटबल एकाडेमीले हिमालयन स्पोर्टिङ क्लब दार्जिलिङलाई 3-0 गोलले पराजित गऱ्यो। आजको म्याच शुरू भएको 15औ मिनटमा केशोराम फुटबल एकाडेमीका खेलाडी असिम ओराव (जर्सी नम्बर 7)-ले पहिलो दर्शनीय गोल गरेर आफ्नो टोलीलाई बढ़त दिलाए।


यसपछि दोस्रो हाफको खेल अन्तर्गत अतिरिक्त समयमा फेरि केशोराम फुटबल एकाडेमीका खेलाड़ी असिम ओराव र शुभङ्कर रोय (जर्सी नम्बर 15)-ले लगातार एक-एक गोल गरेपछि हिमालयन स्पोर्टिङ क्लब दार्जिलिङ 3-0 गोलले पराजित हुनको साथै सुकना गोल्डकपको जीत अभियानमा पनि पूर्ण विराम लाग्यो। आजको म्याचमा दुई गोल गर्ने केशोराम फुटबल एकाडेमीका खेलाड़ी असिम ओरावलाई म्यान अफ् द म्याच चयन गरेर प्रमुख अतिथि एचके लामाको बाहुलीबाट ट्रफी प्रदान गरियो। यसै प्रतियोगिता अन्तर्गत भोलि शनिवारको खेल केएफसी सिलगढ़ी बनाम एपेक्स कालेबुङमाझ जम्काभेट हुने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *