केष्टपुरमा हात्तीले भत्काइदियो 11 वटा घर

बाघडुग्रा : हात्तीले ताण्डव मच्चाएर 11 वटा घर भत्काइदिएको छ। प्राप्त जानकारी अनुसार गत अबेर राति बाघडुग्रा अन्तर्गत केष्टपुरको ताराबारी इलाकामा हात्तीले ताण्डव मच्चाएर 11 वटा घर भत्काइदिनको साथै एउटा दोकान पनि भत्काइदिएको छ। हात्तीले हमला गर्दा एउटी महिलाले नानीलाई लिएर त्यहाँबाट भागेर आफ्नो ज्यान बचाए। घटनाको खबर पाएर केष्टपुर विज्ञान मञ्चका सदस्यहरू घटनास्थलमा पुगेर पीडितहरूलाई सहयोग गरिनुपर्ने माग गरे। पीडित परिवारहरूलाई आर्थिक सहयोग प्रदान गर्ने घोषपुकुर वन विभागले बताएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *