केतिका काबुल प्राइमेरी स्कुललाई 5-0 गोलले पराजित गरेर मेरी भ्यू चिया बगान विजयी

सिलगढी (निसं): मेरी भ्यू चिया बगान प्राथमिक पाठशालाले आज खेलिएको नक आउट फुटबल टुर्नामेन्टमा केतिका काबुल प्राइमेरी स्कुलाई 5-0 गोलले पराजित गरेको छ। एसआई अफ् स्कुल नक्सलबारी चिरञ्जित घोषले फुटबल म्याच हेरेपछि मेरी भ्यू चिया बगानका प्राथमिक पाठशालाका खेलाडीहरूको खुबै प्रशंसा गरे। यस अवसरमा सिलगढी प्राइमेरी काउन्सिलका चेयरम्यान दिलीप राय, सिलगढी महकुमाका सभाधिपति अरूण घोष, विद्यालयका शिक्षक प्रभारी लाल साहब झा सहित अन्य शिक्षकहरू उपस्थित थिए।


 

 


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *