खाद्य सामाग्री सञ्चय गर्न पहाड-समतलका दोकानमा मानिसहरूको भीड

सिलगढी : हाल कोरोना भाइरसको सङ्क्रमणलाई रोकथाम गर्ने उद्देश्य लिएर सरकारले लक डाउन गर्नको साथै यस अवधि साधारण मानिसहरूलाई घरबाट बाहिर ननिस्किने अपील गरेको छ। आज साँझ 5 बजीदेखि आगामी 27 मार्च मध्य राति 12 बजीसम्म राज्यमा लक डाउन गरिने निर्देश दिएको छ। यस अवधि सबै बन्द रहे तापनि राशन दोकान, सब्जी,फल-फुल दोकान, मासु, माछा, दुध, पाउरोटी जस्ता आवश्यक परिसेवा खुल्लै रहनेछ। तरै पनि आज बिहानैदेखि खाद्य सामाग्रीहरू सञ्चय गरेर राख्नको लागि पहाड लगायत समतल क्षेत्रका विभिन्न दोकानहरूमा मानिसहरूको भीड देखियो। दार्जिलिङका एकजना व्यवसायीले खाद्य सामाग्री किन्ने मानिसहरूको दोकानमा भीड लागेकोले गर्दा यसलाई सम्हाल्न निक्कै असुविधा भइरहेको बताए। ती व्यवसायीहरूले उचित मूल्यमा नै खाद्य सामाग्रीहरू बिक्री गरिरहेको पनि बताए। अर्कोतिर, सिलगढीको बजारहरूमा खाद्य सामाग्रीहरूको सञ्चय कम रहेको साथै दोकानेहरूले ती सामाग्रीहरू उचित मूल्यमा बिक्री गरेको छ अथवा छैन भन्नेबारे नजरदारी गरिरहेको नान्टु पालले बताए। यसको साथै तिनले सबै मानिसहरूलाई आतङ्कित नहुने साथै मास्कको प्रयोग गर्ने सुझाउ दिएका छन्। यसैगरी, लकडाउनको कारण जलपाईगढीको सब्जी बजारमा सबै सब्जीहरूको मूल्य बेसी रहेको आरोप रहेको छ। आज बिहानैदेखि जलपाईगढीको दिनबजार इलाकामा खाद्य सामाग्री किन्ने मानिसहरूको निक्कै भीड देखियो।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *