खाद्य सामग्री लिएर नाम्चीतर्फ गइरहेको पिकअप भ्यान दुर्घटनाग्रस्त 

सिलगढी (निसं): खाद्य सामग्री लिएर सिक्किमको नाम्चीतर्फ गइरहेको एउटा पिकअप भ्यान गत राति सिलगढीको गुरुङबस्ती इलाकामा दुर्घटनाग्रस्त भएको छ। तथापि, उक्त दुर्घटनामा कसैको ज्यानलाई कुनै क्षति नपुर्‍याएको बताइएको छ। प्राप्त जानकारी अनुसार मार्गरेट स्कुलदेखि केही टाढामा खाद्य सामग्री बोकेको पिकअप भ्यानले अर्को एउटा वाहनलाई बचाउने प्रयास गर्दा अनियन्त्रित भएर डिभाइडरसित ठोक्किँदा पिकअप भ्यान पल्टिँदा केही समयको लागि यातायात ठप्प बनेको थियो। घटनाको खबर पाएर प्रधान नगर थाना र सिलगढी जङ्क्शन ट्राफिक गार्डको पुलिस घटनास्थलमा पुगेर क्रेनको सहयोगमा पिकअप भ्यान उद्धार गरेर थानामा लगेपछि स्थिति सामान्य बनेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *