खाद्य साथी योजना अन्तर्गत भोलिदेखि घर-घर घुमेर कागजपत्र सङ्कलन तथा लिङ्क गर्ने कार्य शुरू गरिने

सुकेपोखरी : राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको पहलमा राज्यभरिमै खाद्य साथी योजना शुरू गरिएको छ। यस योजना अन्तर्गत राशन कार्डसित आधार कार्ड लिङ्क गर्नुपर्ने भएकोले हाल उक्त कार्य तीव्र रूपमा चलिरहेको छ। यसै क्रममा आज जोरबङ्गलो सुकेपोखरी खण्ड विकास कार्यालय अन्तर्गत घर दैलोमा पुगेर राशन कार्डसित आधार कार्ड लिङ्क गराउने सभा अनि प्रशिक्षण शिविर सम्पन्न गरियो। खण्ड विकास अधिकारी सामीरूल इस्लामले अध्यक्षता सम्पन्न प्रशिक्षण शिविरको सञ्चालन खण्ड आपदा प्रबन्धन अधिकारी सन्देश तामाङ अनि खाद्य आपूर्ति विभागका सीआई पेमा डोमा भोटियाले गरेका थिए। सभापछि खण्ड विकास अधिकारी इस्लामले पत्रकारहरूसित कुराकानी गर्दै जोरबङ्गलो सुकेपोखरी खण्डका सबै जनसाधारणले आफ्नो राशन कार्डसित आधार कार्ड लिङ्क गर्नि अनिवार्य रहेको बताउँदै सबैलाई आधार कार्ड लिङ्क गराउने अपील गरेका छन्। यसको दायित्व सबै ग्राम पञ्चायतमा दुईजना डाटा एन्ट्री अपरेटर अनि एकजना पञ्चायत कर्मीलाई सुम्पिएको छ भने भोलि सोमबारदेखि उक्त कर्मचारीहरू गाउँ-घर घुमेर कागजपत्र सङ्कलन साथै लिङ्क गर्ने कार्य शुरू गर्ने तिनले बताए। खण्डको सबै ग्राम पञ्चायत क्षेत्रमा डिजिटल राशन कार्डसित आधार कार्ड लिङ्क गराउने प्रक्रिया सुचारू चलिहेको छ साथै ग्राम पञ्चायत कार्यालय  अनि खण्ड विकास कार्यलय  बीएसके-मा पनि उक्त कार्य सुचारू भइरहेको खण्ड विकास कार्यालयले जानकारी दिएको छ। जस अन्तर्गत राशन कार्डमा नाम ठेगाना सही भएका उपभोक्ताले फर्म 5, 7 अनि 11 भरेर आफ्नो सम्बन्धित गाउँ, राशन दोकानमा खटेका डाटा कलेक्सन अपरेटर, ग्राम पञ्चायत, बीएसको केन्द्रमा फर्म भरेर आवेदन गर्न सकिने छ अनि राशन डिलरहरूले नै लिङक गराउने कार्य सम्पन्न गरिरहेका छन्। राशन कार्डमा आधार लिङक, संशोधन गर्ने कार्य सम्बन्धित ग्राम पञ्चायतसँगै खण्ड विकास कार्यालयमा निरन्तर चलिरहेको छ भने सबै जनसाधारणलाई उक्त कार्यमा सहयोग पुर्‍याइदिने खण्ड विकास अधिकारीले अनुरोध गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişvdcasino girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1wingrandpashabetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabetperabetperabetjojobetcasibompulibetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetibizabet girişholiganbet girişibizabetromabet giriş1win1win girişgrandpashabetgrandpashabet girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabet giriş Built with ❤︎ by appycodes