खगेश्वर रायले भ्रामरी देवी मन्दिरमा गरे पुजा-अर्चना

राजगञ्ज : राजगञ्ज विधानसभा आसनका तृणमूल प्रार्थी खगेश्वर रायले आज आफ्नो परिवारका सदस्यहरूको साथमा यहाँको भ्रामरी देवी मन्दिरमा पुजा-अर्चना गरे। ममता ब्यानर्जीले आफूलाई छैटौँपल्ट राजगञ्ज विधानसभा क्षेत्रका प्रार्थीको रूपमा चुनाउमा खडा गरेको खगेश्वर रायले बताए। आज आफू भ्रामरी देवी मन्दिरमा माताको पुजा अर्चना गर्नको साथै मन्दिरमा आउने भक्तजनहरूलाई प्रसाद स्वरूप खिचडी वितरण गरेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *