खगेश्वर रायले गरे राजगञ्जमा तूफानले प्रभावित विभिन्न इलाकाहरूको निरीक्षण

राजगञ्ज : खगेश्वर रायले राजगञ्जमा तूफानले प्रभावित विभिन्न इलाकाहरूको आज निरीक्षण गरे। हिजो आँधी-तूफानको साथमा परेको पानीले राजगञ्ज ब्लकमा धेरै नोक्सान पुर्‍याएको छ। आज खगेश्वर रायले राजगञ्ज ब्लकको सुखानी ग्राम पञ्चायत अन्तर्गत पर्ने सन्न्यासीपाड़ा, खचागाड़ा र महानपाड़ाको निरीक्षण गरे। यस अवधि तिनले भने, मैले आँधी-तूफानले क्षतिग्रस्त भएको सुखानी अञ्चलको निरीक्षण गरे। हिजो आएको तूफानले धेरै नोक्सान पुर्‍याएको छ। मैले यसबारे बीडीओसित कुराकानी गरिसकेको छु। आँधी-तूफानले ज-जसको घर क्षतिग्रस्त भएको छ तिनीहरूलाई पुनर्वासको व्यवस्था गरियोस् भन्ने उद्देश्य लिएर मैले भोलिसम्म सबै पञ्चायतहरूलाई आवेदन गर्ने निर्देश दिएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *