राजगञ्ज, 17 मई (निसं): खगेश्वर राय चौथो पल्ट जलपाईगढी जिल्ला तृणमूल कांग्रेसका चेयरम्यान बनेका छन्। कार्यकर्ता तथा समर्थकहरूले उनलाई सम्मान र बधाई दिएका छन्। जानकारी अनुसार शुक्रबार अखिल भारतीय तृणमूल कांग्रेस पार्टीले विभिन्न जिल्लाहरूका अध्यक्ष तथा चेयरम्यानहरूको नाम घोषणा गरेको थियो। जलपाईगढी जिल्ला चेयरम्यानको रूपमा खगेश्वर रायको नाम घोषणा भएको खबर आउनसाथ बिन्नागुढी क्षेत्रसहित विभिन्न ग्राम पञ्चायतहरूबाट पार्टीका कार्यकर्ता र समर्थकहरू बिहानैदेखि विधायक खगेश्वर रायको निवासमा भेला भए।
उनीहरूले फूलको गुच्छा, उपहार तथा मिठाइद्वारा उनको स्वागत गरे। विधायक खगेश्वर रायले भने, “अखिल भारतीय तृणमूल कांग्रेस नेत्री ममता ब्यानर्जी तथा पार्टीका अखिल भारतीय महासचिव अभिषेक ब्यानर्जीले मलाई जलपाईगढी जिल्लाको चेयरम्यानको रूपमा पुनः जिम्मेवारी दिएको छ। यो मेरो लागि गर्व र खुशीको कुरा हो। आज विभिन्न स्थानहरूबाट कार्यकर्ता तथा समर्थकहरू आएर माया व्यक्त गरिरहेका छन्, जुन निकै प्रेरणादायक छ। हाम्रो मुख्य लक्ष्य आगामी 2026-को राज्य विधानसभा निर्वाचनमा जलपाईगढी जिल्लाका सबै सात सिटमा तृणमूलको जीत सुनिश्चित गर्नु र दिदीलाई उपहार दिनु हो।”