खम्बु राई विकास एवम् सांस्कृतिक बोर्डका चेयरम्यानद्वारा सालु अनि मारेबुङ्ग चियाकमानको परिभ्रमण

मिरिक : पश्चिम बङ्गाल सरकारद्वारा प्रदान गरिएको खम्बु राई विकास एवम् सांस्कृतिक बोर्डले राई जातिको संस्कार, संस्कृति अनि विपन्न परिवारको हितमा कार्य गरिरहेको जानकारी दिँदै बोर्ड चेयरम्यान दीपराज राईले सालु चियाकमान र मारेबुङ्गको परिभ्रमण गरे। यस अवसरमा तिनले उक्त क्षेत्रमा बसोबास गर्ने राई समुदायका मानिसहरूसित भेटघाट गरेर तिनीहरूको विविध समस्याहरू सुनेपछि यसको समाधान गर्ने वचन दिएको बताए। तिनले दार्जिलिङ अन्तर्गत सालु चियाकमान अनि मारेबुङ्ग चियाकमानमा पुगेर बोर्डद्वारा निर्माण गरेको घरहरूको निरीक्षण गर्नको साथै क्षेत्रका विपन्न परिवारसित भलाकुसारी गर्दै राज्य सरकारको अभियान द्वारे सरकारमाथि जानकारी गराएको बताए। वर्तमान राज्य सरकारको विविध योजनाहरू घरदैलो शिविर मार्फत् उपलब्ध गराइएको विषयमा मानिसहरूलाई चेतना अभिवृद्धि गरेको बताए। गाउँ गाउँ पुगेर बोर्डद्वारा गरिँदै आइरहेको विविध विकासमूलक कार्यको निरीक्षण गरिने अनि अभाव र समस्यालाई समाधान गर्ने अभियान बोर्डले जारी राख्ने चेयरम्यान राईले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *