‘खराब बिरयानी’ लाई लिएर सिलगढीमा राजनीति शुरू, भाजपाद्वारा धरना प्रदर्शन

सिलगढी (निसं): विद्यार्थीहरूलाई खराब बिरयानी दिएकोआरोप लगाउँदै भाजपा-ले आन्दोलन गरेको छ। सिलगढीमा हिज मंगलवार मुख्यमन्त्रीको कार्यक्रममा जानु भन्दा अघि स्कूलका विद्यार्थीहरूलाई खराब बिरयानी दिएको थियो। तर विद्यार्थीहरूले नखाएर बिरयानी फ्याँकीदिएको थियो। उक्त घटना प्रकाश आएपछि भाजपाका कार्यकर्ताहरूले उक्त घटनाको प्रतिवाद जनाउँदै आज सिलगढी बाघाजतिन पार्क अघिल्तिर धरना प्रदर्शन गरे। उक्त धरना प्रदर्शनमा सिलगढी सांगठनिक जिल्ला कमिटी अध्यक्ष तथा विधायक आनन्दमय बर्मन, सिलगढीका विधायक शंकर घोष सहित भाजपा जिल्ला कमिटीका नेता तथा कार्यकर्ताहरू सामेल थिए। यस अवसरमा भाजपा सिलगढी सांगठनिक जिल्ला समितिका अध्यक्ष आनन्दमय बर्मनले भने, राज्यको मुख्यमन्त्री प्रशासनिक बैठकमा राजनीतिक बैठक गरे। तिनले सम्पूर्ण शहरलाई नै असुविधामा पारे। यसको साथै उक्त राजनीतिक सभालाई सफल पार्नको लागि सिलगढीको कञ्चनजंगा स्टेडियमलाई क्षतिग्रस्त पारेको तिनले आरोप लगाए। बिरयानी खुवाउने नाममा विद्यार्थीहरूको अपमान गरेको आनन्दमय बर्मनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *