खर्च नपाएसम्म ओक्सका चिया श्रमिकहरूले नयाँ चियापत्ती नटिप्ने

सोनादा (निसं) : पहाड़को सबै चियाबारीहरूमा हाल फस्ट फ्लसको चियापत्ती टिपाइको कार्य जारी रहेको छ। तर ओक्स चियाबारीमा भने श्रमिकहरूले पाउनु पर्ने वेतन नपाएको कारणले श्रमिकहरू विरोधमा निस्केका छन्। कमला टी कम्पनी प्राइभेट लिमिटेडको अधीनमा रहेको ओक्स चियाबारीमा एरियर, एक महिनाको वेतन र एक खर्च नपाएको कारणले श्रमिकहरू विरोधमा निस्केर चियापत्ती टिप्न बन्द गरेका छन्। पहिलो चियापत्ती टिपाईको सिजनमा पनि मालिक पक्षले श्रमिकहरूले पाउने खर्च नदिएपछि श्रमिकहरू विरोधमा निस्कन बाध्य बनेका छन्। ओक्स चियाबारीको श्रमिकहरूले जबसम्म श्रमिकहरुले पाउने खर्च दिँदैन तबसम्म चियापत्ती टिपाई नगर्ने भनी अडिग भएर बसेका छन्। यस विषयमा विरोधमा बसेका श्रमिकहरूको पक्षमा एकजना श्रमिक टिका छेत्रीले भनिन्, हामी श्रमिकहरू एक भएका छौं र जबसम्म हाम्रो मांग पूरा हुँदैन अर्थात् जबसम्म हाम्रो पैसा पस्दैन तबसम्म चियापत्ती नटिप्ने निर्णय लिएका छौं।


Leave a Reply

Your email address will not be published. Required fields are marked *