खस भारतीय हितकारी सम्मेलन नागरी फार्मको सभा तथा सम्वर्द्धना कार्यक्रम

सुकेपोखरी : खस भारतीय हितकारी सम्मेलन नागरी फार्मको चुनावी सभा तथा सम्वर्द्धना कार्यक्रम आज यहाँको सार्वजनिक भवनमा सम्पन्न भयो। गणेश गिरीको अध्यक्षतामा सचिव विनोद छेत्रीले सञ्चालन गरेको सभाको पहिलो चरणमा साङ्गठनिक विविध विषयमा चर्चा परिचर्चा गरियो। यसैबीच गत वर्षको वार्षिक परीक्षामा 80 प्रतिशत तथा त्योभन्दा अधिक अङ्क ल्याएर उत्तीर्ण हुने मेधावी विद्यार्थीहरूलाई सम्मान जनाइयो। यसको साथै गत वर्षको विभिन्न बोर्ड परीक्षामा प्रथम स्थान हासिल गर्ने सक्षम विद्यार्थीहरूलाई सम्वर्द्धना पत्र, नगद राशि प्रदान गरी सम्मान जनाइयो। सभाको दोस्रो चरणमा चुनाउ पर्यवेक्षक एमबी रोकाको अगुवाईमा सम्मेलनको नयाँ समिति गठन गरियो। उक्त समितिमा सभापति प्रशान्त शर्मा, उपसभापति प्रवीण छेत्री, सचिव सुदर्शन शर्मा, सहसचिव जसयन्त गिरी, कोषाध्यक्ष सरोज शर्मा, लेखा परीक्षक दिपेन गिरी, प्रवक्ता सजन शर्मा, प्रमुख सल्लाहकारहरूमा एमबी रोका, गणेश गिरी, टीबी छेत्री, प्रवीण छेत्री र सुश्री सावित्री छेत्रीलाई चयन गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *