खस जनजातिको कुल पूजा मुष्ट पूजामा सांसद राजु विष्ट सिक्किममा

मल्ली (निसं): खस जनजातिको विशेष पर्व मुष्ट पूजाको अवसरमा दार्जिलिङका सांसद तथा भाजपा राष्ट्रीय प्रवक्ता राजु विष्टले सिक्किममा आज सबैलाई हार्दिक शुभकामना एवं बधाई दिए। आज शक्ति साधना समिति, पायोंग मल्ली, सिक्किममा आयोजित खस जनजातिको पारम्परिक कुल पूजा मष्ट पूजामा सांसद विष्ट प्रमुख रूपमा उपस्थित थिए।

तिनले भने, हाम्रो गोर्खा जाति अनेकौं जनजातिहरूको एउटा साझा फुलबारी हो। फुलबारीमा फक्रने अनेकौँ किसिमका फूलहरू सरह अनेक जनजातिहरूका पारम्परिक रीति-थिति अनि चाड़-पर्वहरूले हाम्रो संयुक्त गोर्खा संस्कृतिको निर्माण हुन्छ। यही साझा विरासत अनि संस्कृति गोर्खाहरूको पहिचान हो। आउनुहोस्, हाम्रो यो साझा संस्कृतिको संरक्षण र वृद्धिको दिशामा अगाड़ि बढौँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Built with ❤︎ by appycodes