खतरनाक कावाखाली एसियन हाइवे 2-मा र्‍याम्बल स्ट्रिप बिछ्याइने, नयाँ ट्राफिक आउटपोस्ट खोलिने

सिलगढी : कावाखाली एसियन हाईवे 2 खतरनाक रहेकोले यहाँ प्रायःजसो सडक दुर्घटना हुने गर्दछ भने दुर्घटनामा धेरैजनाले प्राण समेत गुमाइसकेका छन्। सडक दुर्घटना कम्ती गर्ने साथै नजरदारी राख्न उद्देश्य लिएर कावाखालीमा ट्राफिक पुलिसको नयाँ आउटपोस्ट बनाइरहेको छ। भोलि बुधबारदेखि त्यहाँ अस्थायी रूपमा आउटपोस्ट बनाएर ट्राफिक पुलिसले कार्य शुरू गर्ने भएको छ भने सब इन्स्पेक्टर लगायत एकजना ओसी पनि त्यहाँ रहनेछन्। ट्राफिक एडीसीपी पूर्णिमा शेर्पाले आज राष्ट्रिय राजमार्ग कर्तृपक्षका अधिकारीहरूलाई साथमा लिएर कावाखाली एसियन हाईवे 2-को निरीक्षण गरिन्। सडक दुर्घटनामा रोक लगाउने उद्देश्य लिएर त्यहाँ ट्राफिक पुलिसका कर्मीहरू तैनाथ रहने साथै राष्ट्रिय राजमार्ग कर्तृपक्षको तर्फबाट कावाखाली नजिक सडकमा र्‍याम्बल स्ट्रिप बिछाइनेछ। यसले गर्दा सडकमा वाहनहरूको गति कम्ती हुनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *