खेला दिवसको अवसरमा सिलगढी नगरनिगमको तर्फबाट फुलबल म्याचको आयोजना गरिने

सिलगढी : आगामी 16 अगस्तमा राज्यभरिमै खेला दिवस पालन गरिने भएको छ। खेला दिवसको अवसरमा सिलगढी नगरनिगमको तर्फबाट सिलगढी तराई स्कुलको मैदानमा फुटबल खेलको आयोजना गरिने भएको छ। सिलगढी नगरनिगमको सभा कक्षमा आज 6 वटा दललाई जर्सी प्रदान गरियो। सिलगढी नगरनिगमका प्रशासक गौतम देव, प्रशासक बोर्डका सदस्य रञ्जन सरकार, विवेक वैद, नगरनिगमका कमिश्नर सोनम वाङ्दी भुटिया लगायत अन्यले 6 वटा फुटबल दललाई जर्सी प्रदान गरे। यस अवसरमा गौतम देवले आगामी 16 अगस्त खेला दिवसको अवसरमा फुटबल खेलको आयोजना गरिने जसमा विभिन्न दलहरूले अंश ग्रहण गरेका छन् भने सिलगढी नगरनिगमका फुलबट दलले पनि अंश ग्रहण गरेको छ। उक्त फुटबल म्याचको लागि आफूहरूले सबै तयारी गरिसकेको साथै राम्रो प्रतिक्रिया पाउने आशा साँचेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *