‘खेला होबे दिवस’-मा सिलगढी पुलिस कमिश्नरेट-द्वारा महिला फुटबल प्रतियोगिताको आयोजना

सिलगढी : सिलगढी पुलिस कमिश्नरेटको तर्फबाट खेला होबे दिवस-को अवसरमा मेट्रोपलिटन मैदानमा महिला फुटबल प्रतियोगिताको आयोजना गर्यो। उक्त महिला फुटबल प्रतियोगितामा मेट्रोपोलिटनको विभिन्न थाना अन्तर्गत इलाकाका मोठ 9 महिला फुटबल टोली एवम् एउटा मेट्रोपलिटनको हेड क्वार्टर फुटबल टोलीले अंश ग्रहण गरेको छ। आज बिहान 11 बजेदेखि मेट्रोपलिटनको मैदानमा खेला होबे दिवसअन्तर्गत महिला फुटबल प्रतियोगिता शुरू गरियो। यस कार्यक्रममा मेट्रोपोलिटनका कमिश्नर गौरव शर्मा, आईजी देवेन्द्र प्रसाद सिंह, वेस्ट जोन डीसीपी कुँवर भूषण सिंह, ट्राफिक एडीसीपी पूर्णिमा शेर्पा, मेट्रोपलिटनका आरआई अफिसर अमन राजा लगायत विभिन्न थानाका पुलिस कर्मीहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *