खेलकूद विभागका भारप्राप्त मेयर परिषद दिलीप बर्मनलाई संवर्द्धना

सिलगढी : दार्जिलिङ जिल्ला कराते एसोसिएसन तथा दार्जिलिङ जिल्ला योगा एसोसिएसनको तर्फबाट आज नवनियुक्त खेलकूद विभागका भारप्राप्त मेयर परिषद दिलीप बर्मनलाई संवर्द्धना जनाइयो। तिनले शपथ ग्रहण गरेपछि आज नगरनिगमको खेलकूद विभागको आफ्नो कार्यभार सम्हाले। यस अवसरमा तिनले भने, आफू पहिलादेखि नै खेलकूदसित संलग्न रहेकोले गर्दा नै राज्य सरकारले मलाई यो दायित्व सुम्पेको हो। यसैले आगामी दिनमा सिलगढी नगरनिगममा खेलकूदलाई पनि अझ प्रोत्साहित गरेर अघि बढाउने प्रयास गर्नेछु।


Leave a Reply

Your email address will not be published. Required fields are marked *