खेल मन्त्री लक्ष्मी रतन शुक्लाले दिए पदबाट राजीनामा

कोलकाता : विधानसभा चुनाउको ठिक केही महिना अघि आज राज्यका खेलकुद विभागीय मन्त्री लक्ष्मी रतन शुक्लाले आफ्नो मन्त्री पदबाट राजीनामा दिएका छन्। क्रिकेटरदेखि राजनीतिमा प्रवेश गरेका लक्ष्मी रतन शुक्लाले हावड़ाको तृणमूल कांग्रेस जिल्ला अध्यक्षको पदबाट पनि आज राजीनामा दिएका छन्। तिनले आफ्नो राजीनामा पत्र राज्यका मुख्यमन्त्री तथा तृणमूल कांग्रेस प्रमुख ममता ब्यानर्जी अनि राज्यका राज्यपाल जगदीप धनखड़लाई पठाएका छन्।   


Leave a Reply

Your email address will not be published. Required fields are marked *