खेतीपाती तथा पशुपालनप्रति आकर्षण गराउन सभाको आयोजना

सुकेपोखरी : राबाञ्चल मसरूम फुड एण्ड एग्रो आरईएच को-अपरेटिभ सोसाइटी तथा भर्नाज्योति एडुकेयरको संयुक्त पहलमा एभनग्रोभ चियाबारी निम्न प्रान्त पुलबजारस्थित सार्वजनिक भवनमा एउटा सभा सम्पन्न भयो। विशेष को-अपरेटिभ सोसाइटीको पहलमा यस ठाउँमा गर्न सकिने माछा पालन, कफी खेती, कुखुरा पालन, मौरी पालन तथा अन्यको उत्पादनमा अभिवृद्धि गर्न तथा स्थानीय  मानिसहरूको ध्यान यसतर्फ आकर्षित गराउनको लागि नै आज सभाको आयोजना गरिएको बताइएको छ। कार्यक्रमको पहिलो चरणमा माछा तथा कुखुरा पालन गर्दै आएका मानिसहरूको उक्त व्यवसायको निरीक्षण गर्दै उचित परामर्श दिए।


यसरी नै को-अपरेटिभ सोसाइटीले शुरू गरेको कफी खेतीको पनि निरीक्षण गरियो। दोस्रो चरणमा मुण्डा, नागरी, धजे, मगरजोङ तथा एभनग्रोभ क्षेत्रका कृषकहरूलाई लिएर सम्पन्न सभामा सम्बन्धित विभागीय पदाधिकारीहरूले उल्लेखित विषयबारे प्रकाश पारे। यस सभामा भर्नाज्योति एडुकेयरका एमडी शर्मिष्ठा दास, एसएपी कोलकात्ता पुलिस देवाशिष बराल, जीएम डीआईसी एलटी भोटिया, भर्नाज्योति एडुकेयरका डाइरेक्टर सन्दीप कुमार दास, को-अपरेटिभ सोसाइटीका गणेश गिरी, दीपेन गिरी, विक्रम प्रधान, सञ्जिवनी स्वनिर्भर समूहका एनडी राई, एसके थापा आदि विशेष उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *