खेत जोत्ने हाते मसिन 50 प्रतिशत सब्सिडीमा कृषकहरूलाई वितरण

बिजनबारी : दार्जिलिङ पुलबजार खण्ड कृषि कार्यालयको आयोजनामा पुलबजार ब्लक शीड फार्ममा फ्रान्सद्वारा निर्मित नौवटा खेत जोत्ने हाते मसिन (पावर ट्रिलर)-को प्रदर्शनपछि स्थानीय कृषकहरुलाई 50 प्रतिशत सब्सिडीमा आज वितरण गरियो। गोजमुमो उपाध्यक्ष सतिश पोखरेलको उपस्थितमा भएको यस वितरण कार्यक्रममा डीडीए छिरिङ लेप्चा, एडीएसएल आरपी सन्याल, एडीए युनुस लेप्चा, एडीए कुसुमले कुमार मङ्ग्राती, एडीए अभिनय बागदस अनि बीटीएम निङमा शेर्पा लगायत स्थानीय कृषकहरू उपस्थित थिए। यस आवसरमा पोखरेलले आफू पनि कृषकको छोरा भएको कारण अब कृषकहरूले गाई गोरू पाल्न सक्दैनन्। कृषकहरू अब जमानाअनुसार चल्नुपर्छ भनी बताए। आज खण्ड कृषि कार्यालय बिजनबारीको पहलमा फ्रान्सद्वारा निर्मित खेत जोत्ने मसिन 50 प्रतिशत सब्सिडीमा वितरण गरिएकोमा तिनले यो कार्य स्वागत योग्य रहेको बताउँदै कृषकहरूलाई यसको लाभ उठाउने तिनले अपील गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *