खोलाचन्द फापरीको जंगलबाट झुन्डिएको अवस्थामा शव उद्धार

सिलगढी: सिलगढी भक्ति नगर थाना अन्तर्गत खोलाचन्द फापरीको जंगलमा एकजना व्यक्तिको झुन्डिएको अवस्थामा शव आज उद्धार गरेको छ। मृतक श्यामल बर्मनको रूपमा चिन्हित गरिएको छ।  मृतक खोलाचन्द फापरी संलग्न इलाका निवासी थिए। प्राप्त जानकारी अनुसार आज बिहान स्थानीय मानिसहरूले रूखमा झुन्डिएको अवस्थामा शव देखेपछि पुलिसलाई यसबारे खबर दिए। खबर पाउन साथ पुलिस घटनास्थलमा पुगेर शवलाई आफ्नो नियन्त्रणमा ल्याएर पोस्टमार्टमको लागि पठाइदिएको छ। भक्ति नगर थाना  पुलिस सम्पूर्ण मामिलाको जाँचमा जुटेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *