खोरीबारीमा महिलाको शव उद्धार

खोरीबारी : खोरीबारी थाना अन्तर्गत स्थानीय बजारमा एउटी महिलाको अस्वाभाविक मृत्यु भएको छ। मृतक महिला मानसिक रूपले अस्वस्थ्य थिए। घटनाको खबर पाएर खोरीबार पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर अग्रिम कार्वाही शुरू गरेको छ। उक्त शव उद्धार गरेर थानामा लगेपछि मामिला दर्ता गरेको खोरीबारी थानाका ओसी पासाङ रेन्जिङ शेर्पाले बताए। आवश्यक कार्वाही गरेपछि शवलाई पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। उक्त महिलाको परिचय हालसम्म थाहा नलागेको बताइएको छ। मानसिक रूपले अस्वस्थ्य भएको कारण उक्त महिला खोरीबारी बजार क्षेत्रमा गत केही दिनदेखि घुमफिर गरिरहेको स्थानीय मानिसहरूले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *