खोरीबारी पानीसाली अञ्चल तृणमूल युवा कङ्ग्रेस कमिटी पुनर्गठन

खोरीबारी : तृणमूल कङ्ग्रेस पार्टी कार्यालयमा एउटा कार्यक्रमको आयोजना गरेर खोरीबारी पानीसाली अञ्चल तृणमूल युवा कङ्ग्रेस कमिटीको पुनर्गठन गरियो। यस अवसरमा राज्य कमिटी सदस्य जेपी कनेरिया, युवा खण्ड अध्यक्ष किशोरी मोहन सिंह लगायत अन्य कार्यकर्ताहरू उपस्थित थिए। तृणमूल युवा कङ्ग्रेसका खण्ड अध्यक्ष किशोरी मोहन सिंहले एउटा कार्यक्रमको माध्यमद्वारा पार्टीलाई अझ बलियो बनाउने उद्देश्य लिएर खोरीबारी पानीसाली अञ्चल युवा कमिटी गठन गरेको बताए। उक्त नयाँ कमिटीमा अध्यक्ष प्रदीप कुमार मण्डल, वर्किङ अध्यक्ष पञ्कज कुमार राय, बोलोराम सोनार र तपन बर्मन, महासचिव विपुल समादार, सचिव दीपक लागूण, मिराज आलम, गौरव देवनाथ, अरिजीत देवनाथ आदिलाई चयन गरियो।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *