खोरीबारी अञ्चल तृणमूल युवा कङ्ग्रेसद्वारा पुलिसलाई पीपीई किट्स प्रदान

खोरीबारी : कोरोना महामारीको समयमा आत्मरक्षाको लागि खोरीबारी अञ्चल तृणमूल युवा कङ्ग्रेसको तर्फबाट खोरीबारी पुलिसलाई पीपीई किट्स प्रदान गरियो। तृणमूल युवा कङ्ग्रेस प्रखण्ड अध्यक्ष किशोरी मोहन सिंहले बताएअनुसार हाल कोरोना महामारीसित सबैजना जुझिरहेका छन्। विशेष गरेर फ्रन्ट लाइन वर्करहरूले कोरोना महामारीको रोकथाम गर्नमा अहम भूमिका निर्वाह गरिरहेको छ। पुलिस प्रशासनले दिन रात खटेर कानुन व्यवस्था बनाइ राख्नको साथै लकडाउनलाई सफल तुल्याउन जुटेको छ। यसैलाई ध्यानमा राखेर खोरीबारी अञ्चल तृणमूल युवा कङ्ग्रेसको तर्फबाट आज पुलिसलाई पीपीई किट्स प्रदान गरेको तिनले बताए। तृणमूल कङ्ग्रेस सदैव जनताको साथमा रहेको साथै कोरोना महामारीमा जनताको हितमा विभिन्न कार्यहरू गरिने तिनले बताए। यस अवसरमा तृणमूल युवा कङ्ग्रेसका प्रखण्ड अध्यक्ष किशोरी मोहन सिंह, युवा अञ्चल अध्यक्ष प्रदीप मण्डल, अञ्चल छात्र परिषद अध्यक्ष अरिजीत देवनाथ, राजु साहा, दीपाङ्कर च्याटर्जी, विक्की जायसवाल, अमृत मण्डल, प्रीतम कर्मकार, जयन्त इक्का लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *