खोरीबारीबाट ब्राउन सुगर सहित दुईजना पक्राउ

खोरीबारी: खोरीबारी थाना पुलिसले अभियान चलाएर ब्राउन सुगर सहित दुईजनालाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीहरूमा ऊदेव राय (30) र कमल महतो (24) सामेल छन्। आरोपी ऊदेव राय गौरसिंह जोतका अनि कमल महतो वारिसजोत निवासी रहेको बताइएको छ। प्राप्त जानकारी अनुसार गोप्य सूचनाको आधारमा खोरीबारी थाना पुलिसले पानीट्याङ्की नजिक गौरसिंह जोत कोलोनी मोडमा अभियान चलाएर 115 ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरिएको हो। खोरीबारी थानामा एनडीपीएस एक्ट मामिला दर्ता गरेर दुवै आरोपीलाई आज सिलगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *