खोरीबारी बतासीमा पल्टियो ईँटा बोकेको ट्रक

खोरीबारी : ईँटा बोकेको ट्रक बिहारबाट सिलगढीतर्फ आइरहेको समय आज बिहानै खोरीबारी बतासी संलग्न शिमुलतला इलाकामा उक्त ट्रक पल्टिँदा 4 जना घाइते भएका छन्। स्थानीय मानिसहरूले बताएअनुसार आज बिहानै ठुलो आवाज सुनेपछि बाहिर निस्केर हेर्दा एउटा ईँटा बोकेको ट्रक पल्टेको देखे। उक्त दुर्घटनामा ट्रकमा सवार 4 जना घाइते भएका छन्। घटनाको खबर पाएर खोरीबारी थाना पुलिस घटनास्थलमा पुगेर क्रेनको सहयोगमा ट्रकलाई उद्धार गरेर थानामा लैजानको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *