खोरीबारी बजारमा डिस्ट्रिक एनफोर्समेन्ट ब्राञ्चको अभियान

नक्सलबारी : बजारमा सर-समानहरूको मूल्य के कस्तो रहेको छ भन्ने विषयलाई लिएर डिस्ट्रिक एनफोर्समेन्ट ब्राञ्च (डीईबी)-का अधिकारीहरूले आज खोरीबारी बजारमा अभियान चलाए। डिस्ट्रिक एनफोर्समेन्ट ब्राञ्चका अधिकारीहरूले आज खोरीबारी बजारको विभिन्न दोकानहरूमा अभियान चलाएर साग-सब्जी लगायत अन्य सर समानहरूको मूल्यबारे जानकारी लिए। यस सम्बन्धमा डीईबी अधिकारी सुबोध विश्वासले बताएअनुसार खोरीबारी बजारमा मसला, साग-सब्जी लगायत अन्य समानहरूको मूल्य अधिक रहेको खबर पाएपछि आज आफूहरूद्वारा खोरीबारी बजारमा अभियान चलाएको हो। तथापि, बजारमा सर समानहरूको सञ्चय गरेर नराखेकोले गर्दा यसको मूल्य अधिक रहेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *