खोरीबारी ब्लकको तीनवटा अञ्चलमा फुटबल प्रतियोगिताको आयोजना

खोरीबारी: खेला होबे दिवसको अवसरमा आज खोरीबारी ब्लकको तीनवटा अञ्चलमा फुटबल प्रतियोगिताको आयोजना गरियो। यसको साथै खोरीबारी अञ्चलको तर्फबाट एउटा ऱ्यालीको पनि आयोजना गरियो। यसबारे तृणमूल कङ्ग्रेस खोरीबारी ब्लकका चेयरम्यान बासुदेव रायले बताए अनुसार खेला होबे दिवसको अवसरमा खोरीबाड़ी ब्लकको बिन्नाबाड़ी अञ्चलको उल्लाहजोत खेल मैदानमा, बुढागञ्ज अञ्चलको कालकुट मैदान तथा खोरीबाड़ी अञ्चलको हाई स्कूल मैदानमा फुटबल टुर्नामेन्टको आयोजना गरियो। तृणमूल कङ्ग्रेसका अञ्चल अध्यक्ष सागर मालाकारले फुटबल हिर्काएर फुटबल टुर्नामेन्टको उद्घाटन गरे।  तिनले दिएको जानकारी अनुसार बिन्नाबारी अञ्चलको उल्लाहजोतमा मोठ 16 वटा टीमले अंशग्रहण गरेको छ।  उद्घाटन म्याच भेल्कुजोत 40 नम्बर बुथ बनाम भजनपुर 45 नम्बर बूथमाझ खेलियो। यस अवसरमा ब्लक चेयरम्यान वासुदेव राय, अञ्चल अध्यक्ष सागर मालाकार, दिलीप सिंह, ललित बर्मन सहित अन्य कार्यकर्ता उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *