खोरीबारी ब्लक तृणमूल युवा कङ्ग्रेसद्वारा व्हिल चेयर प्रदान

खोरीबारी : खोरीबारी ब्लक तृणमूल युवा कङ्ग्रेसको तर्फबाट खोरीबारी ब्लक अन्तर्गत पर्ने पानीट्याङ्कीको गोन्डोगोल जोत निवासी दिव्याङ्ग रिङ्कु साहलाई व्हिल चेयर प्रदान गरियो। प्राप्त जानकारी अनुसार गोन्डोगोल जोत निवासी दिव्याङ्ग रिङ्कु साह भत्केको व्हिल चेयरको सहयोगमा हिँडडुल गर्ने गर्थे। खोरीबारी ब्लक युवा तृणमूल कङ्ग्रेसका सभापति किशोरी मोहन सिंहको नेतृत्वमा आज तिनलाई व्हिल चेयर प्रदान गरियो। नयाँ व्हिल चेयर पाएर रिङ्कु लगायत तिनका परिवारका सदस्यहरू निक्कै खुसी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *