खोरीबारी क्षेत्रहरूमा लकडाउनको प्रभाव, सडकहरू सुनसान

खोरीबारी : कोरोना भाइरससँग लड्नको लागि जारी लकडाउनको प्रभाव खोरीबारी थाना अन्तर्गत विभिन्न क्षेत्रहरूमा देखापर्यो। आज बिहानैदेखि यहाँको सड़कहरू सुनसान देखियो भने क्षेत्रका सबै दोकानपाट, हाट पूर्ण रूपले बन्द रहेको छ। लकडाउनलाई सफल तुल्याउन यस क्षेत्रमा पुलिसले निगरानी गरिरहेको छ भने कन्टेन्टमेन्ट जोनमा आवागमन बाधित गरिएको छ। देवीगञ्ज पुलिस पोस्ट  अन्तर्गत बिहार संलग्न सीमाहरूमा पुलिसले नजरदारी गर्नको साथै कुनै काम बिनै घरबाट निस्केका मानिसहरूविरुद्ध कार्वाही गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *