खोरीबारी ह्यूम्यानिजम वेलफेयर एसोसिएशनको तर्फबाट नेताजीको जन्म जयन्ती पालन

खोरीबारी: नेताजीको सुभाषचन्द्र बोसको जन्म जयन्तीको उपलक्ष्यमा खोरीबारी ह्यूम्यानिजम वेलफेयर एसोसिएशनको तर्फबाट नेताजी सुभाष चन्द्र बोसको जन्म जयन्ती पालन गरियो। यस अवसरमा खोरीबारीको विवेकानन्द शिशु विद्यालयमा सांस्कृतिक कार्यक्रमको आयोजना गरियो। यसको साथै एउटा शोभायात्रा पनि निकालिइयो। उक्त शोभायात्रा विद्यालयको प्राङ्गणबाट शुरू गरेर खोरीबारी बजार परिक्रमा गरेपछि पुनः विद्यालयमा पुगेर समापन गरियो। यस अवसरमा सिलगढी महकुमा परिषदका कर्माध्यक्ष किशोरी मोहन सिंह, खोरीबारी ग्राम पञ्चायत प्रधान परिमल सिन्हा, समाजसेवक गणेश देवनाथ लगायत एसोसिएसनका सदस्यहरू उपस्थित थिए। खोरीबारी ह्यूम्यानिजम वेलफेयर एसोसिएशनका अध्यक्ष प्रह्लाद देवनाथले भने, नेताजीको जन्म जयन्तीको उपलक्ष्यमा आज एउटा शोभायात्रा निकालिइयो। यसको साथै सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *