खोरीबारीको आवासीय इलाकामा देखा पऱ्यो जङ्गली हात्ती

खोरीबारी: खोरीबारी ब्लक अन्तर्गत मञ्जयजोतको आवासीय इलाकामा एउटा जङ्गली हात्ती देखा परेपछि केही समयसम्म डरको माहौल देखा पऱ्यो। प्राप्त जानकारी अनुसार आज बिहान नजिकैको जंगलबाट एउटा हात्ती मञ्जयजोतको आवासीय इलाकामा आएपछि मानिसहरू डरले भागाभाग भए। तथापि सबै मानिसहरू सुरक्षित ठाउँमा गएर ज्यान बचाए भने कोही मानिसहरू बहुतले भवनको छतमा चढेर सडकमा हिडेको हात्तीलाई हेरेको पनि देखियो। तथापि उक्त हात्तीले मञ्जयजोतको आवासीय इलाकामा कुनै प्रकारको अप्रिय घटना तथा ठूलो क्षति नपुऱ्याएको बताइएको छ। हात्तीले कुनै नोक्सान नपुऱ्याएको तथा जंगलमा पर्याप्त भोजन नपाएपछि नै हात्ती आवासीय इलाकामा भोजनको खोजीमा आएको हुनसक्ने स्थानीय मानिसहरूले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *