खोरीबारीको बङ्गाल-बिहार सीमाबाट ब्राउन शुगर सहित युवक पक्राउ

खोरीबारी : खोरीबारीको बङ्गाल-बिहार सीमाबाट ब्राउन शुगर सहित 1 जना युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवकको नाम सुशान्त साहा (33) बताइएको छ। तिनी खोरीबारीको केसरडोबा निवासी हुन्। प्राप्त जानकारी अनुसार गत राति खोरीबारीको बङ्गाल-बिहार सीमाको भातगाउँ एसएसबी 41 बटालियनका जवानहरूले एकजना युवकलाई सन्देहको आधारमा रोकेर छानबीन गर्दा 90 ग्राम ब्राउन शुगर र एउटा मोबाइल उद्धार गरेको बताइएको छ। यसपछि एसएसबीका जवानहरूले उक्त युवकलाई खोरीबारी थाना पुलिसलाई सुम्पिदिएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *