खोरीबारीको बङ्गाल-बिहार बोर्डरबाट मादक पदार्थ सहित युवक पक्राउ

 


खोरीबारी (निसं): पुलिसले ब्राउन शुगर, प्रतिबन्धित कफ सिरप सहित एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा पर्ने युवकको नाम मोहम्मद नासिक (25) हो। तिनी सिङ्गीयाजोत निवासी हुन्। प्राप्त जानकारी अनुसार, पुलिसले खोरीबारीको बङ्गाल-बिहार सिमानाको सिङ्गीयाजोत इलाकामा अभियान चलाएर छानबिन गर्दा एउटा कारबाट 103 ग्राम ब्राउन शुगर अनि 20 बोतल प्रतिबन्धित कफ सिरप उद्धार गऱ्यो। यसपछि मोहम्मद नासिकलाई पुलिसले पक्राउ गरेको बताइएको छ। यसपछि खोरीबारी थानाको पानीट्याङ्की आउट पोस्ट पुलिसले आरोपी युवकको घरबाट 99 हजार 700 रुपियाँ नगद अनि एउटा मोटरसाइकल पनि जफत गरेको छ।

पुलिस सूत्र अनुसार उद्धार गरेको ब्राउन शुगर तस्करी गरेर बिहार लैजाने योजना रहेको थियो। पक्रा परेका युवकलाई आज सिलगढी महकुमा अदालतमा पेश गऱ्यो। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।  


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *