खोरीबारीको बङ्गाल बिहार सिमानाबाट 20 वटा गाई-गोरू उद्धार, 5 जना पक्राउ

खोरीबारी : खोरीबारीको बङ्गाल बिहार सिमानाबाट 20 वटा गाई-गोरू सहित 5 जना तस्करलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा अनिल कुमार (54), पवन कुमार (43), अरूण भोला (20), विकास राठोर (23) र रफिउल इस्लाम (33) सामेल छन्। पक्रा परेकाहरूमध्ये 4 जना हरियाणा निवासी हुन् भने एकजना असम निवासी हुन्। प्राप्त जानकारी अनुसार प्रत्येक दिन झैँ आज खोरीबारीको चक्करमारीमा नाका चेकिङ अवधि बङ्गाल-बिहार सिमानामा 2 वटा ट्रक रोकेर छानबीन गर्दा 20 वटा गाई-गोरू उद्धार गरेको बताइएको छ। उद्धार गरेको गाई-गोरूको कुनै वैध कागजपत्र नरहेकोले गर्दा 5 जनालाई पक्राउ गरेर खोरीबारी थाना पुलिसलाई सुम्पिदिएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *