खोरीबारीको चक्करमारीमा अन्य पार्टी छोडेर 1 हजारजना तृणमूलमा सामेल

खोरीबारी : खोरीबारी खण्ड अन्तर्गत पर्ने चक्करमारीमा तृणमूल कांग्रेसको तर्फबाट एउटा कार्यक्रमको आयोजना गर्नको साथै एउटा र्‍याली पनि निकालिइयो। यस कार्यक्रमबीच अन्य पार्टी छोड़ेर लगभग एक हजार मानिसहरू तृणमूल कांग्रेसमा सामेल भएका छन्। सबैलाई दलीय झण्डा प्रदान गरेर तृणमूल कांग्रेसमा स्वागत जनाइयो। यस अवसरमा तृणमूल कांग्रेस पार्टी जिल्ला अध्यक्ष रञ्जन सरकार, महकुमा परिषदका विरोधी दल नेता काजल घोष, तृणमूल कांग्रेसका जिल्ला युवा अध्यक्ष कुन्तल राय, किसान खेत मजदुर जिल्ला अध्यक्ष छोटन किस्कू, जिल्ला महिला अध्यक्ष सुष्मिता सेन गुप्त, खोरीबारी खण्ड अध्यक्ष हिरणमय राय, युवा खण्ड अध्यक्ष किशोरी मोहन सिंह, भवतोष मण्डल, प्रदीप मिश्रा, भरत जायसवाल, रणदीप मिश्रा, अम्बुज कुमार राय, अनिल हेम्ब्रम लगायत धेरै संख्यामा कार्यकर्ताहरू उपस्थित थिए।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *