खोरीबारीको एउटा घरमा आगलागी हुँदा सर-समान जलेर नष्ट

खोरीबारी : खोरीबारीस्थित सुखानी गाउँमा आगलागी हुँदा इलाकामा भागदौड मच्चियो। तथापि, उक्त गाउँ नजिक एसएसबी 19औँ वाहिनीको ए कम्पनी रहेकोले एसएसबी जवानहरूको तत्परतामा आगोलाई तत्कालै नियन्त्रणमा ल्याइयो। एसएसबी 19औँ बटालियनले दिएको जानकारी अनुसार सुखानी गाउँमा राजकुमारको घरमा ग्यास सिलेन्डर लिक हुँदा ग्यास सिलेन्डर ब्लास्ट हुनको साथै आगो लागेको बताइएको छ। उक्त आगोले विकाल रूप लिन अगावै एसएसबी जवानहरू लगायत गाउँवासीको पहलमा आगोलाई पूर्ण नियन्त्रण ल्याइयो। उक्त आगलागीमा घरमा रहेको सबै सर-समान जलेर खरानी भए तापनि कसैको ज्यानलाई कुनै क्षति नपुर्‍याएको बताइएको छ। अग्निकांड में घर के अंदर मौजूद समान बुरी तरह जलकर ख़ाक हो गया। एसएसबी जवानहरूको त्वरित कार्यवाहीले कुनै ठुलो दुर्घटना हुनबाट जोगियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *